कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


कञ्चनपुर । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ लालपुरमा से १ च १४०५ नम्बरको जिप र म २ प ३५०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिरेन्द्रसिंह थापाले जानकारी दिए।

मृतक दुवै जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

‘खल्तीमा कुनै परिचय खुल्ने कागजात भेटिएको छैन, पहिचान गर्ने प्रयास भइरहेको छ,’ प्रहरी निरीक्षक थापाले बताए। दुर्घटनापछि घाइते दुवैलाई तत्काल महाकाली प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।