काठमाडौँ । बुद्ध एयरले आफ्नो कल साइन ९एन–एजेओ रहेको एटिआर–७२ जहाजलाई पूर्ण उडान क्षमता पूरा भएपछि औपचारिक रूपमा बिदाइ गरेको छ । विश्वमै पहिलो पटक एटिआर–७२ जहाजले तोकिएको अधिकतम उडान चक्र पूरा गरी सेवाबाट अवकाश लिएको कम्पनीले जनाएको छ । एटिआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार चक्र मानिन्छ ।
यो जहाज २०१० जुलाई २ देखि व्यावसायिक उडानमा सञ्चालनमा आएको थियो । यसको अन्तिम उडान २०२६ मार्च ९ मा भैरहवाबाट काठमाडौंसम्म गरिएको थियो । १६ वर्षको सेवा अवधिमा उक्त जहाजले कुल २४ लाख ८२ हजार ७ सय ७२ जना यात्रुलाई सुरक्षित रूपमा सेवा प्रदान गरेको कम्पनीले जनाएको छ ।
जहाजको बिदाइका अवसरमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, सुलभ र वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान दिएको बताए।

प्रतिक्रिया