सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो समयमा काम नगर्ने २० कम्पनीलाई कालोसूचीमा


काठमाडौँ । समयमै काम नगर्ने २० वटा कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कार्यालयले शनिबार सूचना जारी गरी विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। कालोसूचीमा पर्ने कम्पनीमा पि. एन. डि शेर्पा कन्स्ट्रक्सन प्रालि, च्याङरासी निर्माण सेवा, ओम गणेश निर्माण सेवा, पम्फा निर्माण सेवा, पुजा कन्स्ट्रक्सनलगायत छन् ।