झापामा जङ्गली हात्ती मृत फेला


झापा। कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय दीप ज्योति सामुदायिक वनभित्र भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ छ ।

डिभिजन वन कार्यालय चन्द्रगढीबाट गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत गरेको जिप्रका झापाका प्रवत्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।