काठमाडौँ । विश्व हिन्दू परिषद् नेपालले धर्मरक्षा निधि समर्पण कार्यक्रम आयोजना गरेको छ । शुक्रबार काठमाडौँमा कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रमको उद्देश्य हिन्दू धर्म, संस्कृति तथा परम्पराको संरक्षण र संवद्र्धनका लागि आवश्यक धन एवं जनसहभागितामार्फत धर्म रक्षाको भावना सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ सामूहिक गीत तथा दीप प्रज्वलनसँगै गरिएको थियो। कार्यक्रममा बद्रीनाथ धाम (शान्ति धाम), तारकेश्वरका पुज्य स्वामी अनन्त विभूषित श्री चतुर्भुजाचार्य चुडामणि जी महाराजको प्रेरणादायी आशिर्वचन प्राप्त भएको थियो । उनले राष्ट्र, धर्म र समाजप्रति प्रत्येक हिन्दूको दायित्वबोध र समर्पण भावनाबारे मार्गदर्शन प्रदान गरेका थिए ।

कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष पुरुषोत्तम भण्डारी, राष्ट्रिय उपाध्यक्ष गीता सत्याल, राष्ट्रिय संगठन सचिव प्रल्हाद कुमार, बागमती प्रदेश अध्यक्ष जीवन डंगोल, राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंह, राष्ट्रिय उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वडीआईजी राजेन्द्र प्रसाद चौधरी, काठमाडौं उपत्यका संयोजक बाबुशरण सुवेदी लगायतको उपस्थिति रहेको थियो।

यसैगरी, एकल विद्यालय फाउन्डेसन अफ नेपाल, काठमाडौं च्याप्टर अध्यक्ष एवं डिएभी स्कूल कलेजका सञ्चालक अनिल केडिया सहित करिब ८० जना समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा राष्ट्रिय संगठन सचिव प्रल्हाद कुमारले हिन्दू धर्म संरक्षणमा विश्व हिन्दू परिषद्को भूमिका, उद्देश्य तथा सांगठनिक परिचय प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले भगवानको तस्बिरमा पुष्पार्पण गर्दै स्वेच्छिक रूपमा धर्मरक्षा निधि समर्पण गरे । विश्व हिन्दू परिषद् नेपाल हिन्दू धर्म, संस्कृति र राष्ट्रिय एकताको संरक्षणका लागि समर्पित भावनाका साथ निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।



प्रतिक्रिया