काठमाडौँ । ललितपुरमा श्रीमतीको हत्या गरेर एक पुरुष प्रहरीकोमा पुगेका छन् । ललितपुरको गोदावरीमा ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया श्रीमतीको कोपिला पाख्रिनको हत्या गरी प्रहरीकोमा पुगेका हुन् ।
मदिरा सेवन गरी श्रीमान श्रीमतीबीच झगडा भएको र श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका प्रहरी वृत्त, चापागाउँकी डीएसपी शीला चापागाईंले जानकारी दिइन् । श्रीमतीको हत्यापछि विनोद आफैँ टीकाभैरवस्थित प्रहरी प्रभागमा उपस्थित भएका थिए । उनीहरूको २ वर्षकी छोरी छन् ।

प्रतिक्रिया