मकवानपुर।मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै गरेको वा प्र ०३००१ ह १५०७ नं अटोबाट १२१ किलो ४६६ मिलिग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा मकवानपुरको कैलाश गाउँपालिका–५ बस्ने वर्ष २१ का सानु कान्छा थिङ र अटो चालक थाहानगरपालिका–४ बस्ने वर्ष २९ को घनश्याम वल लामालाई प्रहरीको विशेष टोलीले अटोसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।
प्रहरी प्रवक्ता बोगटीका अनुसार पालुङ र चित्लाङबाट खटिएको संयुक्त टोलीले अटोभित्र रहेको १२ वटा रबरको डिब्बाभित्र लुकाई ल्याएको चरेस फेला पारेको हो ।

प्रतिक्रिया