चितवन । देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको छ। यो सँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो।
त्यस अवसरमा बेनीको गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारी, कार्यकारी निर्देशक सदन बराल, समितिका सदस्यलगायत स्थानीयको बाक्लो उपस्थिति थियो।
मेलाको सुरक्षाका निम्ति सम्पूर्ण व्यवस्था पूरा भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। यो वर्ष तीन लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ।

प्रतिक्रिया