चितवन । चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस फेला परेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट केही तल त्रिशूली नदीको तनहुँतर्फको किनारमा बस फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार चितवनतर्फबाट त्रिशूली किनारको पारिपट्टी झाडीमा बालुवाले पुरिएको अवस्थामा देखिएको जानकारी दिए ।
२०८१ असार २८ गते सिमलताल पहिरोले बगाउँदा त्रिशुलीमा दुई वटा बस बेपत्ता भएका थिए । बसमा सवार दर्जनौं यात्रु अझै बेपत्ता छन् ।
फोटोः मुग्लिन बजार

प्रतिक्रिया