म्यादी प्रहरीमा भर्ना हुन फारम भर्नेको भीड


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेपछि युवाहरू फारम भर्न लाइन लागेका छन् ।

भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फारम भर्ने युवाको लामो लाइन लागेको छ । यस पटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी छ ।