टोटी खोलामा पक्की पुल निर्माण सुरु


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा  तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।

शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट तीन करोड ४८ लाख जुटाइएको बताएका छन् ।

निर्माण कम्पनीसँग दुई करोड ९८ लाखमा सम्झौता भएको जानकारी उनले दिए ।