नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा भूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष पोखरेलसहित तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपालीविरुद्ध गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

पोखरा महानगरपालिका–२६ लेखनाथमा रहेको सामूदायिक अमरज्योती आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा भूमी आयोगले नक्कली सुकुम्बासीको नाममा दर्ता गरेको अख्तियारको आरोप छ ।