बालुवाटारमा प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेको भेट


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भइरहेको बताइएको छ । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटीलगायतका नेता सहभागी छन् ।