काठमाडौँ । २०४६ सालको जनआदोलनका कमान्डर गणेशमान सिंह र मंगलादेवी सिंहकी जेठी छोरी रिता सिंह वैद्यको निधन भएको छ ।
नेपाल बाल संगठनकी पूर्वअध्यक्ष समेत रहेकी सिंहको उपचारका क्रममा बिहीबार मेडिसिटी अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।
उनी लामो समयदेखि किड्नीसम्बन्धि समस्याबाट ग्रसित रहेकी थिइन् । सिंहको आजै शोभा भगवती, कर्णद्दिपमा दाहसंस्कार गरिएको परिवारले जानकारी दिएको छ ।

प्रतिक्रिया