एमालेको आसन्न महाधिवेशनप्रतिको अपेक्षा


-सुवोधराज प्याकुरेल ।

नेकपा एमाले एघारौं महाधिवेशनको संघारमा छ।लोकतान्त्रिक विधी प्रकृयाद्वारा जनवादी पहलकदमी लिँदै राजनीतिक प्रतिस्पर्धामा आफ्नो श्रेष्ठता सावित गर्ने सिद्धान्त जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शनको रुपमा अपनाएको राजनीतिक दल हो एमाले। पञ्चायती निरंकुशता विरुद्धको आन्दोलनदेखि गणतन्त्रको लागि गरिएको हरेक आन्दोलनमा सुविचारित, योजनाबद्ध तथा ब्यापक जनपरिचालनद्वारा एमालेले आफ्नो नेतृत्व कुशलता सावित गरेको छ। वैदेशिक थिचोमिचो नाकाबन्दी लगायतका अन्तर्राष्ट्रिय दबाबको सामना गरेको छ र जनताको व्यापक साथ सहयोग पाएर राष्ट्रिय मुक्ति आन्दोलनलाई सफल बनाएको छ।पार्टीले सरकारको नेतृत्व गरेपिच्छे भौतिक निर्माण र सामाजिक आर्थिक विकाशको क्षेत्रमा फड्को पनि मारेको छ।जबज कार्यमूलक सिद्धान्त हो जसले पार्टी, जनसंगठन र आमनागरिक संगको व्यवहारलाई व्यवस्थित गरेको छ। तमाम बाधा बिरोधको बाबजुद गतिशील रहेको पार्टीमा अहिले बहुकोणबाट आक्रमण तेज भएको छ।

०८२ भदौ २३ र २४ गतेको नवयुवाको बिद्रोह तथा त्यसक्रममा भएको अकल्पनीय विध्वंसको कारणको खोजी गर्ने, सत्यतथ्य पत्ता लगाएर अपराध अनुसारको कारवाही गर्ने र घटनाको रोकथाम गर्न, पूर्वजानकारी लिन र समयमै आवश्यक उपाय तथा उपचार गर्न नसक्नुमा रहन गएको राजनीतिक प्रशासनिक र सुरक्षासँग सम्बन्धित मामिलामा पनि यो महाधिवेशनले खुला खुलस्त छलफल गरी निष्कर्षमा पुग्नुपर्ने छ। आगामी दिनमा अपनाइने होसियारी रुपान्तरण र सुधारको बारेमा आम नागरिकलाई आश्वस्त पार्नुपर्ने मूख्य अभिभारा यसै महाधिवेशनको काँधमा छ। महाधिवेशनका प्रतिनिधिहरुले बिना कुनै मोलाहिजा, त्रास र आश सत्यको अन्वेषण गर्नुपर्ने छ। स्थापित वैधानिक प्रवन्धका साथै बैचारिक प्रष्टतालाई व्यवहारमा रुपान्तरण गर्ने शपथ आमनागरिकले भरोसा गर्नेगरी लिनुपर्ने छ।एमाले यतिबेला साँच्चै कठिन घडीमा छ।

आखिर के कारणले नेपाली समाजको यति धेरै क्षेत्र एमालेको नेतृत्वसँग असन्तुष्ट मात्र होइन आक्रोशित समेत देखिएको हो ? भदौ २३ को घटनापछि राष्ट्रलाई यथार्थ बताउन र अपील गर्न समेत असमर्थ भएर एकसाता भन्दा बढी समय तत्कालीन प्रधानमन्त्री र पार्टी अध्यक्षले गुमनाम किन बस्नुपर्यो ? प्रधानमन्त्री एवम् पार्टी अध्यक्षको बारम्बारको आग्रह निर्देशनको बावजुद किन भ्रष्टाचारको बिगबिगी बढ्दो अवस्थामा रहन गयो ? संसद किन आफ्नो मर्यादा क्षमता र इमानको प्रदर्शन गर्न असक्षम रह्यो ? सेवाग्राहीको तेजोवध गर्ने काममा किन सार्वजनिक सेवा प्रदायक निकायहरु निर्लिप्त रहिरहे ? किन असंवैधानिक तवरले संसद बाहिरबाट गठित सरकारले तत्कालै वैदेशिक मान्यताको रुपमा बधाई र सहयोगको आश्वासन प्राप्त गर्यो ?
ठूलाठूला विकासका पूर्वाधार, सामाजिक सुरक्षाका योजना, स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरिएका वाचा, कृषि, सडक र सिँचाईको क्षेत्रमा बनाइएका योजना, पालिका र वडा तहसम्म पुगेको भौतिक निर्माण र विकाशको कामले किन जनताको विश्वास जित्न सकेन ? किन पार्टीको वरिपरि गोलबन्द भएर कार्यकर्ताले पार्टीको रक्षा र विकाशको लागि आधार स्तम्भको रुपमा काम गरेनन्? यहि महाधिवेशनमा सदस्यको संख्या किन ह्वात्तै घटेको छ ? र, प्रतिनिधी छनौटमा किन आधाभन्दा बढी सदस्य अनुपस्थित रहे ? यस्ता थुप्रै प्रश्नको घेरामा एमाले छ। र यसको कारण हो नेतृत्वको अहंकार र आफ्नो दोष देख्दै नदेख्ने एकलकाँटे प्रवृति चरीत्र र व्यवहार ।

भदौ २२ गते नै २३ गतेको आन्दोलनलाई हिंसात्मक बनाउने तयारी गरिएको कुरा तत्कालीन विद्युतीय सञ्जालको अभिलेखले बताउँछ । सुरक्षा र सूचना सम्वद्ध निकायले प्रधानमन्त्रीलाई संवेदनशील अबस्थाको आंकलन रुपान्तरण गर्ने शपथ आम नागरिकले भरोसा गर्नेगरी लिनुपर्ने छ।एमाले यतिबेला साँच्चै कठिन घडीमा छ।

आखिर के कारणले नेपाली समाजको यति धेरै क्षेत्र एमालेको नेतृत्वसँग असन्तुष्ट मात्र होइन आक्रोशित समेत देखिएको हो ? भदौ २३ को घटनापछि राष्ट्रलाई यथार्थ बताउन र अपील गर्न समेत असमर्थ भएर एकसाता भन्दा बढी समय तत्कालीन प्रधानमन्त्री र पार्टी अध्यक्षले गुमनाम किन बस्नुपर्यो ? प्रधानमन्त्री एवम् पार्टी अध्यक्षको बारम्बारको आग्रह निर्देशनको बावजुद किन भ्रष्टाचारको बिगबिगी बढ्दो अवस्थामा रहन गयो ? संसद किन आफ्नो मर्यादा क्षमता र इमानको प्रदर्शन गर्न असक्षम रह्यो ? सेवाग्राहीको तेजोवध गर्ने काममा किन सार्वजनिक सेवा प्रदायक निकायहरु निर्लिप्त रहिरहे ? किन असंवैधानिक तवरले संसद बाहिरबाट गठित सरकारले तत्कालै वैदेशिक मान्यताको रुपमा बधाई र सहयोगको आश्वासन प्राप्त गर्यो ?

नयाँ सरकार गठनको लागि राष्ट्रपतिलाई दिइएको सम्मति विवादास्पद बनाइएको छ । अराजक प्रशासन, आवारा संसद, छिमेकीले अविश्वास गर्ने कुटनीति, सुस्त न्यायालय, खुला खुलस्त भ्रष्टाचार तथा बिचौलिया र सीमित स्वार्थ समूहको हित जस्ता सदृस्य कारणले जनतामा रहेको असन्तुष्टि आक्रोशमा परिणत भयो। त्यस्तो परिस्थितिलाई विध्वंसकारी तत्वले विध्वंसात्मक गतिविधि गर्न सफलतापूर्वक दुरुपयोग गरे। अहिले पार्टीको संरचना र जनसंगठन पार्टीको पक्षमा स्वस्फुर्त रुपमा खडा हुन सकिरहेका छैनन्। किनभने पार्टीको आन्तरिक लोकतन्त्र धूजाधुजा पारिएको छ। इञ्चार्जहरु आमरुपमा निरंकुश नियन्त्रक भएका छन् । बुद्धिजीवी समाजसेवीको क्षेत्रमा पार्टीले पाएको सदभाव घटेको छ।र यी सबैको कारण नेतृत्वको एक्लै हिँड्ने, आफ्नो कामको सिंहावलोकन नगर्ने र जम्मै दोष अरुलाई लगाउने शैली हो। सिद्धान्तको आलोकमा व्याख्या गर्ने, कार्यकर्तालाई सैद्धान्तिक प्रष्टताको जगमा आत्मनिर्भर नेता बनाउने प्रणाली ध्वस्त पारिएको छ।

धेरै पहिलेदेखि र भदौ २४ पछिको आततायी विध्वंस पछि बर्तमान नेतृत्वको अभिव्यक्ति शैली र लक्ष्यको सार्वजनिक उदघोषले सावित गर्छ कि उहाँहरुको बिगतको उज्यालो पक्षको सम्झनालाई सम्मानजनक बनाउने हो भने उहाँहरुलाई अहिले ससम्मान बिदाई गर्नैपर्छ।

पार्टी इतिहासको वरिष्ठतम् मध्येका इश्वर पोखरेलले भावी अध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गरेर महाधिवेशनलाई असल बिकल्प दिनुभएको छ। हामी आशा गर्दछौँ कि यो महाधिवेशन समिक्षाको काममा निर्मम, योजनाको काममा ब्यापक, सांगठनिक काममा लोकतान्त्रिक र सिद्धान्तको मामिलामा सुस्पष्टता सहित जाम भएर रहेको नेतृत्व परिवर्तनको मामिलामा उदाहरणीय बन्नेछ। हामी संविधानले दिशा निर्देश गरेको समाजवाद उन्मुख राष्ट्र निर्माण प्रति प्रतिवद्ध व्यक्तिको नाताले एमालेले उल्लिखित बिषयमा सुदृढ निर्णय गरोस् भन्ने चाहना सहित शुभकामना व्यक्त गर्दछौँ।