बलात्कार मुद्दामा फरार एमाले नेता पक्राउ


जनकपुरधाम । धनुषामा एक नाबालिकालाई बलात्कार गरेको मुद्दामा नेकपा एमालेका नेता शिवशंकर साह (हिरा)लाई प्रहरीले पक्राउ गरेको छ ।

साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले भारतको सीतामणिबाट पक्राउ गरेर जनकपुर ल्याएको हो । मधेश प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआइजी) गोविन्द थपलियाका अनुसार नाबालिकालाई बलात्कार गरेका घटनामा साह लामो समयदेखि फरार थिए ।