सिनामंगलमा नेपाल प्रहरीका असईले गरे चार महिने छोराको हत्या, श्रीमती गम्भीर


काठमाडौँ । काठमाडौँको सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले आफ्नो चार महिने छोराको हत्या गरेका छन् । चार महिने छोराको हत्या गरेर भाग्दै गरेका असई पुस्कर कार्कीलाई प्रहरीले आइतबार नागढुंगाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले आइतबार अपरान्ह चार महिने छोरा माहिरको हत्या गरेर भाग्दै गरेका उनलाई नागढुंगाबाट पक्राउ गरिएको जानकारी दिए ।

उनको आक्रमणबाट पत्नी कृष्णा साउन पनि घाइते भएकी छन् । उनको महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । कृष्णा पनि प्रहरी जवान हुन् ।