सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर


सिन्धुली मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आइतबार बिहान बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षका दीपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि फरार भएका बसका चालक उदयपुरको कटारी नगरपालिका–३ का श्यामकुमार भट्टराईको खोजी जारी छ ।