काठमाडौं । प्रहरीले झण्डै २० करोड रुपैयाँको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोप एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंँको टोलीले काठमाडौँ महानगरपालिका–११, भद्रकाली क्षेत्रबाट २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेको हो ।
उनले १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको पाइएको परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
बाराको कलैया नगरपालिका–१० का सेफ हाल काठमाडौँ महानगरपालिका–१०, डल्लुमा बस्दै आएको थिए । थप अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौँले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको उनले बताए ।

प्रतिक्रिया