डा. अधिकारी पब्लिक हेल्थ एसोसिएसन अफ न्युजिल्याण्डको सह-अध्यक्ष नियुक्ति


डा. रमिल अधिकारीले २८ अक्टोबर २०२५ देखि पब्लिक हेल्थ एसोसिएसन अफ न्युजिल्याण्ड (PHANZ) को सह-अध्यक्ष (Co-President, General Seat) का रूपमा औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् ।

करीब एक दशकदेखि PHANZ सँग सक्रिय रूपमा आवद्ध डा. अधिकारीले यस अवधिमा गभर्नेन्स मेम्बर र Pōneke Chair का रूपमा समेत महत्वपूर्ण नेतृत्व प्रदान गरिसकेका छन् । सार्वजनिक स्वास्थ्य क्षेत्रमा लामो अनुभव, नीति निर्माणमा सक्रिय योगदान र स्वास्थ्य समानताका पक्षमा निरन्तर आवाज उठाउँदै आएका अधिकारीले आफ्नो नयाँ भूमिकामा पनि यी प्रयासलाई अझ सुदृढ गर्ने बताएका छन् ।

जिम्मेवारी सम्हालेलगत्तै डा. अधिकारीले भने – ‘PHANZ सँगको करिब एक दशक लामो यात्रामा प्राप्त अनुभव र सहकार्यको भावना लिएर म अब माओरी अध्यक्षसँग मिलेर न्युजिल्याण्डको आओटेआरोआभर स्वास्थ्य समानताको सामूहिक आवाजलाई अझ सशक्त बनाउन प्रतिबद्ध रहनेछु।’

सार्वजनिक स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार डा. अधिकारीको यो नेतृत्वले नीतिगत स्तरमा प्रभावकारी सुधार, समुदायमा आधारित स्वास्थ्य प्रवर्द्धनर समावेशी स्वास्थ्य प्रणाली निर्माणमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।