काठमाडौं महानगरले १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडान गर्दै


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको तीन वर्षदेखि विविध कारणबस रोकिएको उज्यालो महानगर योजना फेरि शुरु भएको छ ।

काठमाडौ महानगरको लगानीमा करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको मेयर बालेन साहले जानकारी दिएका छन् ।

मेयर साहले ले हालसम्म १२ वटा लाइट जडान भइसकेको जानकारी दिदै बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको बताएका छन् ।

अघिल्लो कार्यकालमा राखिएका तर बत्ती नबलेका दुई हजार भन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरि हाल बलिरहेको उल्लेख गरेका छन् ।

साथै करिब ८५ करोडको लागतमा स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको भन्दै मेयर साहले यसको सम्पन्नतापछि यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरेको बताएका छन् ।