विदेहका भूमिहीनलाई लालपूर्जा वितरण


जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नम्बर १ वार्ड देखि ९ सम्मका भूमिहीनलाई लालपूर्जा वितरण गरिएको छ । सोमबार नापी कार्यालय, धनुषाद्वारा आयोजित कार्यक्रममा वडाका भूमिहीनलाई लालपुर्जा वितरण गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उनीहरुलाई लालपूर्जा वितरण गरेका थिए ।

कार्यक्रममा सांसद रामकृष्ण यादव, प्रदेश सांसद सदस्य लखन दास, नगर प्रमुख बेचन दास, उपप्रमुख आशादेवी झा, प्रमुख प्रशासकीय अधिकृत मनोहर यादव, वडा अध्यक्ष बृजनन्दन मण्डल, नेकपा एमालेका जिल्ला अध्यक्ष भोला यादव, पूर्ववडा अध्यक्ष जुमराती नदाफ, नापी कार्यालय जनकपुरधामका प्रमुख तथा कर्मचारी र वडा बासीको उपस्थिति रहेको थियो।