१४औं अन्तर्राष्ट्रिय हात्ती दिवसमा हात्तीलाई वनभोज(फोटोफिचर)


‘१४औं अन्तर्राष्ट्रिय हात्ती दिवस–२०२५’ को अवसरमा मङ्गलबार चितवनको सौराहास्थित युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा हात्तीलाई मनपर्ने परिकार खुवाइँदै । यहाँका सरकारी तथा निजी स्वामित्वका ६० वटा हात्तीलाई धान, चना, सख्खर, उखु, मेवा, स्याउ, केरा, गाजरलगायत २० भन्दा बढी परिकार बनभोजको रूपमा खुवाइएको हो ।

तस्बिरः सनद अधिकारी/रासस