विराटनगर । यहि श्रावण १० गते विराटनगर निवासी ज्ञानेन्द्र पौडेललाई खस क्षेत्री एकता समाज नेपालको सचिवालय वैठकले केन्द्रीय सदस्यको रूपमा मनोनयन गरेको छ । जसले समुदायबीच एकता र सशक्तिकरणमा टेवा पुर्याउनेछ । धेरै मुलुकहरूको भ्रमण गरेका पौडेलकाे व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय कार्यानुभव समेत रहेकाे छ । नेपाली काँग्रेसका निष्ठावान, अनुभवी र सक्रिय नेता पौडेलको नाम मोरङ तथा प्रदेशस्तरको राजनीतिक, सामाजिक र व्यवसायिक वृत्तमा चिनिएको छ । उनी हाल काँग्रेसको कोशी प्रदेश समितिको सदस्य रहेका छन् । राजनीति, समाजसेवा र व्यवसायलाई समान धरातलमा उभ्याउँदै अघि बढेका पौडेलको योगदान बहुआयामिक छ ।
पौडेलको राजनीतिक यात्रा २०४३ सालमा महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत रहँदा सुरु भएको हो । त्यसबेलादेखि उनी नेपाली काँग्रेससँग अटुट ढंगले आबद्ध रहँदै आएका छन् । कांग्रेसको राजनीतिमा उनको निरन्तरको सक्रियताले २०७९ सालको संघीय संसद निर्वाचनमा मोरङ क्षेत्र नं. ४ बाट समानुपातिकतर्फ उनकाे नाम सिफारिसमा परेको थियो, जसलाई पार्टी भित्रको उनको संगठनात्मक विश्वासका रुपमा हेर्न सकिन्छ ।
नेपाल कोईला संघका पूर्व केन्द्रीय अध्यक्ष तथा इट्टा व्यवसायी समेत रहेका पौडेलले व्यवसायमार्फत रोजगारी सिर्जना र आर्थिक क्रियाकलापमा पुर्याएको योगदान उल्लेखनीय छ । त्यसका अतिरिक्त उनी सामाजिक अभियन्ता पनि हुन् । हाल मोरङ जिल्लाको कटहरी गाउँपालिकाको आर्थिक सल्लाहकारको जिम्मेवारीमा समेत रहेका पौडेल तारकब्रह्मपीठ, चतराधामको केन्द्रीय सदस्य छन् भने विराटनगर महानगरपालिका ३ मा रहेको गणेश मन्दिरको कोषाध्यक्षको जिम्मेवारीमा समेत रहेका छन् । विराटनगरमा उनको आफ्नै लगानीमा झण्डै दुई करोड लागतमा पशुपतिनाथ सहितको द्वादश ज्योतिर्लिङ्गको दिव्य मन्दिर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । जसले धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले विराटनगरलाई थप पहिचान दिन सक्ने विश्वास गरिएको छ ।
पौडेल भन्छन्, ‘आफ्नो अनुभव, योग्यता र क्षमतालाई राष्ट्र निर्माणमा समर्पित गर्ने मेरो जीवन उद्देश्य हो ।’ यही भावना बोकेर उनी अझै पनि सामाजिक गतिविधिमा सक्रिय छन् । राजनीतिमा निष्ठा, व्यवसायमा पारदर्शिता र समाजसेवामा समर्पण–यी तीन आधारमा पौडेल आजको पुस्ताका लागि प्रेरणादायी व्यक्तित्व बनेका छन् ।

प्रतिक्रिया