सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाइयो, अब ७० वर्षमा पाइने


काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाएको छ । यसअघि ६८ वर्षमा दिइँदै आएको सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाएर ७० वर्ष पुर्याइएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाएर ७० वर्ष पुर्याइएको जानकारी दिए ।

२०७९ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले सामाजिक सुरक्षा पाउने उमेर घटाएर ६८ वर्षमा झारेको थियो ।