उदयपुरको लिम्चुङबुङका कर्मचारीले हप्तामा दुई दिन जातीय वेशभूषा लगाउनुपर्ने



गाईघाट । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय वेशभूषा लगाउनुपर्ने भएको छ ।

गत चैत १ गते सो पालिकाका अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न कार्यपालिकाको बैठकले सो निर्णय गरेको र यही वैशाख १ देखि लागू गरिएको पालिकाका उपाध्यक्ष पुष्पकुमार राईले जानकारी दिए ।

गत सोमबार प्रशासकीय अधिकृत ताराकिरण राईले अबदेखि अनिवार्य आइतबार र सोमबार जातीय वेशभूषामा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्ने सूचना जारी गरेका छन् ।

“पालिकाभित्र बसोबास गर्ने जातजातिहरूको संस्कृति संस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवद्र्धन गर्न यस्तो निर्णय गरिएको हो,” अध्यक्ष राईले भने ।

गाउँपालिकाभित्रका जाति, वेशभूषा, भाषा, संस्कृतिको संरक्षण गर्ने कार्यपालिकाको दायित्व भएकाले यस्तो नीति लागू गरिएको उनको भनाइ छ । सो गाउँपालिकामा एक हजार ८७८ जनसङ्ख्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजेन्द्र लिङ्देनको चेतावनीः हाम्रो भद्रतालाई कमजोरी ठानियो भने लडाइँ सुरु हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई

पोखरामा अलपत्र परेका यात्रुलाई सशस्त्र प्रहरीको स्कर्टिङ्गमा गन्तव्यमा लगिँदै

काठमाडौं । पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउन आइतबार पनि स्कर्टिङ्ग गरिएको छ

यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी सरकारको आह्वान

गण्डकी । गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुन:आह्वान गरेको छ

प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

घोराही (दाङ) । यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर