क्यान्सरपीडितको उपचारमा होटल मर्क्यूर काठमाडौँको सहयोग



काठमाडौं । क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौँले आर्थिक सहयोग गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रममा संस्थाका मानार्थ अध्यक्ष अभिनेत्री मनिषा कोइरालालाई मर्क्यूरका सञ्चालक देशबन्धु बस्नेतले सहयोगस्वरुप  पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।

अभिनेत्री कोइरालाले सहयोगका लागि धन्यवाद दिँदै क्यान्सरपीडितका लागि उक्त सहयोग उपलब्धिमूलक र महत्त्वपूर्ण हुने बताइन् । उनले संस्था र होटलबीच दीर्घकालीन सहकार्यको पनि अपेक्षा राखिएको धारणा राखिन‍् । “यस संस्थाले लामो समयदेखि क्यान्सरपीडित भई आर्थिक रूपले कमजोर भएकाहरूलाई उपचारका क्षेत्रमा सहयोग गर्दै आएको छ”, अभिनेत्री कोइरालाले भनिन्, “होटल मक्र्योर काठमाडौँले गरेको यो सहयोगले आगामी दिनमा क्यान्सरविरुद्धको लडाइँमा उहाँहरूलाई सहयोग र हौसला पुगेको छ ।”

सञ्चालक बस्नेतले अन्तरराष्ट्रिय क्यान्सर अस्पताल बनाउन खरिद गरिएको जग्गामा अहिले होटल स्थापना भएको बताउँदै क्यान्सरपीडितका लागि सहयोग गर्न पाउँदा आफू उत्साहित भएको उल्लेख गरिन् ।

बस्नेतले भनिन्, “अन्तरराष्ट्रियस्तरको क्यान्सर अस्पताल निर्माण गर्ने उद्देश्यले जग्गा खरिद गरिएको थियो, तर विभिन्न कारणले अस्पताल निर्माण हुन सकेन, आज होटल सुरु भएपछि क्यान्सरपीडितको उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको छ ।” उनले आगामी दिनमा पनि क्यान्सरपीडितको सहयोगका लागि संस्थासँग सहकार्य गर्ने बताइन् ।

क्यान्सर केयर नेपालका अध्यक्ष डा. मदनकुमार पियाले लामो समयदेखि आर्थिक रूपमा उपचार गर्न नसक्ने क्यान्सरपीडितका लागि संस्थामार्फत निःशुल्क उपचारमा सहयोग गर्दै आएको बताए । “आर्थिक रूपमा कमजोर भएकाहरू जसले क्यान्सरको उपचार गर्न सक्दैनन्, वा उपचारलाई बीचमै छाड्न बाध्य हुन्छन्, उहाँहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले काम गरिरहेको छ”, उनले भने ।

विसं २०६५ मा स्थापना भएको क्यान्सर केयर नेपाल क्यान्सरपीडितको उपचारका साथै आमनागरिकमा क्यानसका साथै जनस्वास्थ्यका बारमा जनचेतना फैलाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुस्ताको झोलुङ्गे पुल जोखिममा

नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेको छ । झोलुङ्गे

१७ वर्षदेखि भएन स्वदेशी औषधिको मूल्य समायोजन

चितवन । सत्र वर्षदेखि नेपालमा उत्पादित औषधिको मूल्य समायोजन हुन नसक्दा उद्योग सञ्चालनमा

तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा

मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी

धरान ।  इटहरी उपमहानगरपालिका- ४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ