तनहुँको व्यासमा चिस्यान केन्द्र बनेको एक वर्षपछि सञ्चालनमा



तनहुँ । तनहुँको व्यास नगरपालिका-११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । चिस्यान केन्द्रका लागि आवश्यक सबै संरचना निर्माण सम्पन्न भए पनि विद्युत् ट्रान्स मिटर जडानमा समस्या हुँदा एक वर्ष ढिला गरी सञ्चालनमा ल्याइएको हो ।

एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले विशेष पूजापछि आलु भण्डारण गरेर उद्घाटन गरे । गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको हो । केन्द्र निर्माणको जिम्मा देव चुली कन्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो । बि.सं. २०७८ भदौ १३ गते कम्पनीले सम्झौता गरी निर्माण अघि बढाइएको थियो ।

विद्युत् प्राधिकरणले ‘थ्री फेज’को ट्रान्स मिटर जडान गरेपछि केन्द्र सञ्चालनमा ल्याइएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए । उनका अनुसार प्रारम्भिक ठेक्का रकम रु. एक करोड ६२ लाख ३२ हजार २४६ रहेकामा थप रु. १९ लाख ९८ हजार ६२७ वृद्धि भई करसहित रु करोड ९१ लाख ३२ हजार ७२२ पुगेको छ ।

बि.सं. २०८० असोजमा पहिलो चरणको निर्माण सम्पन्न गरी गत असार मसान्तभित्र दोस्रो चरणमा वरिपरि बार, प्रवेशद्वार, शौचालयलगायत भौतिक संरचना निर्माण गरिसकिएको थियो ।

विद्युत् ट्रान्स मिटर जडान कार्यमा ढिलाइ हुँदा सञ्चालनमा ल्याउन एक वर्ष ढिला भएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । उनका अनुसार वर्षौँदेखि व्यक्तिले कब्जा गरेर भोग चलान गर्दै आएको सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी चिस्यान केन्द्र निर्माण गरेको हो ।

आगामी आर्थिक वर्षदेखि व्यास नगरपालिकामा उत्पादन भएका आलु, सुन्तलालगायत फलफूल र तरकारी पूर्णरूपमा भण्डारण गरी राख्न सकिने गैरेले बताए ।

नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक करिब रु. पाँच करोड बाहिरिनबाट रोकिने व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । “व्यासमा चिस्यान केन्द्र सञ्चालनमा आएपछि आलु, फलफूल, तरकारीलगायत कृषि उपज भण्डारण गरी सुरक्षित राख्न सकिन्छ । योसँगै कृषि उपज भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्याको अन्त्य हुने विश्वास गरेका छौँ”, उनले भने ।

चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषि उपज भण्डारणमा सहज हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । विशेष गरी आलु, सागसब्जी तथा अन्य कृषि उपजको दीर्घकालीन भण्डारण गरी बजारमा मूल्य सन्तुलन कायम गर्न चिस्यान केन्द्र महत्त्वपूर्ण हुने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव बिस्तारै देखिने

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

कैलाली । विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे। उनलाई कर्णाली

कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको

वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा ‘रात्रि बजार’ संचालन

वीरगञ्ज । वीरगञ्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ ।