फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी



तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरिन् ।

फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छन् । हाल उनले मासिक दुई लाख आम्दानी लिने गरेको बताइन् ।

गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक आठ-नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब दुई लाख बचत हुने उनले बताइन् ।

‘पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ’, गुरुङले भनिन् ।

अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन् ।

‘व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौं’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिडियाखानाको रेडपान्डा चोर्न खोज्ने दुईजना पक्राउ

काठमाडौं । जावलाखेलस्थित चिडियाखानाको रेडपान्डा चोर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको

बजेट यथार्थपरक छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट

रास्वपाले भन्यो-भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले सदनमा

सरकार र यातायात व्यवसायीबीचको वार्ता विफल

काठमाडौँ । सरकार र यातायात व्यवसायीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । सोमबार