घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन



काठमाडौँ । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा चार अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार रुपैयाँ, रजिष्ट्रेशन दस्तुर दुई अर्ब २० करोड ३७ लाख ८९ हजार रुपैयाँ र पुँजीगत लाभकरबाट एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार रुपैयाँ सङ्कलन भएको छ ।

विभागले गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख रुपैयाँ, भदौमा तीन अर्ब नौ करोड रुपैयाँ, असोजमा तीन अर्ब आठ करोड १२ लाख रुपैयाँ, कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख रुपैयाँ, मङ्सिरमा तीन अर्ब ८७ करोड रुपैयाँ, पुसमा चार अर्ब २५ करोड २२ लाख रुपैयाँ र माघमा तीन अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

मालपोत कार्यालय कलङ्कीले गत फागुनमा २२ करोड ६१ लाख रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार रुपैयाँ, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख रुपैयाँ तथा मालपोत कार्यालय खैरहनी, चितवनले तीन करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा गुरूङ निर्वाचित

काठमाडौं ।  वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा

वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा ‘रात्रि बजार’ संचालन

वीरगञ्ज । वीरगञ्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ ।

मर्स्याङ्दी जलविद्युत् केन्द्रः ६९ मेगावाट क्षमताको केन्दबाट ३० मेगावाट मात्र उत्पादन

तनहुँ । तनहुँ  जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट

कोरला नाकाको भन्सार कार्यालयमा कर्मचारी व्यवस्थापन गर्न समस्या

मुस्ताङ। कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ