ऐतिहासिक हरसिद्धी नाच
ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा पर्ने हरसिद्धी ऐतिहासिक हरसिद्धी नाच (जतल प्याखँ) प्रदर्शन गरिँदै । सबैभन्दा पुरानो नाचको रूपमा रहेको हरसिद्धी नाचमा व्रम्हायणी, महेश्वरी, कुमारी, भैरवी, विष्णुदेवी, बालकुमारी, महासरस्वती, महाकाली, महालक्ष्मी, तम्दा रिखेश्वर (तम्दा ऋषि), अग्नी देवता (कौमाद्य), भष्मासुरलगायत २९ देवगण रहेको छ । उक्त नाच फागुपूर्णिमाको दिन, योमरी पूर्णिमा र दशैँको नवमीका दिन प्रदर्शन गर्ने गरिन्छ ।
तस्बिरः रत्न श्रेष्ठ/रासस