यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई



काठमाडौं । रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार’ डा गार्गी शर्मालाई प्रदान गरेको छ ।

सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले उक्त पुरस्कार अर्पण गरे । पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ । नेपाली भाषा साहित्यलाई समृद्ध तुल्याउन शर्माले निर्वाह गर्नुभएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवामा पाण्डेले उल्लेखनीय योगदान गरेका छन् । उनको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ । यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट भानु माविका विद्यार्थीलाई पनि पुरस्कृत गरियो ।

सो अवसरमा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले बहुआयामिक व्यक्तित्व सरदार रुद्रराज पाण्डे नेपाली साहित्यको मुर्धन्य व्यक्तित्व भएको उल्लेख गरे । रुद्रराज पाण्डेको नेपाली साहित्य, इतिहास, शिक्षा, प्रशासन एवं अध्यात्मिक क्षेत्रमा अतुलनीय योगदान रहेको उल्लेख गरे ।

समितिका अध्यक्ष बद्रीराज पाण्डेले बहुआयामिक व्यक्तित्व रुद्रराज पाण्डे शिक्षा, साहित्य, इतिहास र आत्यात्मिक विधामा सक्रिय व्यक्तित्व भएको बताए । आधारभूत शिक्षाको ज्ञानको ज्योति फैलाएर सफलताका लागि निरन्तर सङ्घर्ष चाहिन्छ भन्ने भावनाले पाण्डेले शिक्षा, चेतना र समाजसुधारको भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

समितिका सदस्य एवं संस्कृतिविद् डा गोविन्द टण्डनले रुद्रराज पाण्डेले शिक्षा र साहित्यका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । नेपाली साहित्यमा पाण्डेले पु¥याएको योगदानलाई स्मरणीय बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

पुरस्कृत व्यक्तित्व गार्गी शर्माले स्वर्गीय पाण्डेको शिक्षा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान रहेको उल्लेख गर्दै अहिलेका पुस्ताका लागि प्रेरणादायी व्यक्तित्व भएको बताए । समितिका संरक्षक ई कृष्णराज पाण्डेले स्व रुद्रराज पाण्डेको व्यक्तित्वबारे प्रकाश पारेका थिए । समितिका महासचिव डा नील पाण्डेले साहित्य र शिक्षाको विकास तथा प्रवद्र्धनमा रुद्रराज पाण्डेको योगदान महत्वपूर्ण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सागसब्जी बेचेर मासिक एक लाख आर्जन

सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्भने केही भने

जोमसोम बजार जोगाउन धमाधम तटबन्धन गरिँदै

मुस्ताङ । बर्सेनि कालीगण्डकीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण प्रारम्भ भएको छ

बेनी–दरवाङ सडकः रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा

म्याग्दी । बेनी–दरबाङ सडकको रणवाङ-तोलावाङ खण्डमा कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख

परिवारबाटै यौन दुव्र्यवहारमा परेकी बालिकालाई आमाको जिम्मा नलगाउन उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले निवेदकको मागबमोजिम छोरीलाई जैविक आमाको जिम्मा लगाउनु पर्ने