९९ वर्षमा आँखाको ज्योति फर्किएपछि …



काठमाडौँ । पर्वत कुश्मा नगरपालिका–४ की ९९ वर्षीय विष्णुमति दमाइको खुसीको कुनै सीमा छैन। दुई वर्षदेखि पूर्ण रूपमा अन्य व्यक्तिको सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन्।

उनले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्ण रूपमा दुवै आँखाको दृष्टि गुमाउनु परेको थियो । कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रियापछि उनले पुनःसंसार देख्न पाएकी हुन्। ‘सात–आठ वर्षअगाडिदेखि आँखाले धुमिल देख्न थालेको थियो । दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भएकी थिएँ । तर, मेरो आँखाको ज्योति फेरि फर्किएको छ,’ उनले भनिन् । उसो त उनको छोराछोरी कोही नभएकाले हेरचाह नातिनीले गरिरहेकी छिन्।

दुई वर्षदेखि पूर्ण रूपमा अन्यकै सहारामा जीवन निर्वाह गरिरहेकी विष्णुमतिले पुनःसंसार देख्न पाएपछि खुसी हुँदै आफ्नो शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिँदै भनिन्, ‘अब यो जुनिमा फेरि संसार देख्न पाउँछु जस्तो लागेको थिएन । मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखेर मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरीर कमजोर भए पनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ।’

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, रेज होप फाउन्डेसन युकेको आर्थिक सहयोग तथा पर्वतमा रहेका विभिन्न लायन्स क्लबको समन्वयमा प्रदेश अस्पताल कुश्मामा सञ्चालन गरिएको निःशुल्क शिविरबाट विष्णुमति जस्तै १५४ जना मोतिबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया गरिएको थियो।

हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक सुवास नेपालका अनुसार पर्वतका विभिन्न ८ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनोट गरिएका १५४ जना मोतिबिन्दुका बिरामीको गत २९ माघदेखि १ फागुनसम्म निःशुल्क शल्यक्रिया गरिएको हो। शिविरकै लागि बेलायतबाट नेपाल आएका रेज होप फाउन्डेसनका अध्यक्ष डा. विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबाआमाको जीवनमा खुसी फर्किएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी: आँखा सेवामा साझेदारी’ भन्ने मूल नारासहित विभिन्न निकायसँगको सहकार्यमा संघले आफ्नो सञ्जालमार्फत अस्पतालको पहुँचबाट टाढा रहेका नागरिकलाई वार्षिक सयौँ शिविरको आयोजना गरी उपचार सेवा प्रवाह गरिरहेको बताए।

हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. हरि विक्रम अधिकारी नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको शल्यक्रिया गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक

बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग