देवचुलीमा ट्रमा सेन्टर बनाउन छ सय ४६ रुख कटान गरिने



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमामा ट्रमा सेन्टर स्थापनाका लागि बाटो खुलेको छ । जिल्लाको देवचुली नगरपालिका–१७ मा ट्रमा सेन्टर निर्माणस्थलमा रहेका रुख हटाउनेगरी सम्झौता भएपछि निर्माणको बाटो खुलेको हो ।

हालै वन तथा भू–संरक्षण विभाग र देवचुली नगरपालिकाबीच ट्रमा सेन्टर रहेको स्थानका रुख कटानको सम्झौता भएको छ । दुई हेक्टर जग्गा ट्रमा सेन्टरका लागि छुट्याइएको थियो । जग्गा छुट्याइएको क्षेत्रमा छ सय ४६ रुख कटान गर्नेगरी सम्झौता भएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए ।

गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले ट्रमा सेन्टरका लागि देवचुली – १७ झरही खोला नजिक राष्ट्रिय वनको दुई हेक्टर जग्गा उपलब्ध गराउने र उक्त क्षेत्रमा पर्ने रुख कटानको स्वीकृति दिने निर्णय गरेको थियो । जग्गा प्राप्तिका लागि देवचुली नगरपालिकाले रु एक करोड ६० लाख सात हजार सट्टाभर्नास्वरूप वन तथा भू–संरक्षण विभागमा बुझाएर प्रक्रिया अगाडि बढाएको थियो ।

सम्झौतापत्रमा देवचुली नगरपालिकाका तर्फबाट नगरप्रमुख न्यौपाने र देवचुली–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले तथा वन तथा भू–संरक्षण विभागका व्यवस्थापन महाशाखाका उपमहानिर्देशक धनञ्जय लामिछाने र उपसचिव रामवालकप्रसाद यादवले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा रुख कटान गर्ने, त्यसको व्यवस्थापन गर्ने र ट्रमा सेन्टरको काम अघि बढाउने विषय उल्लेख भएको नगर प्रमुख न्यौपानेले बताए ।

ट्रमा सेन्टर निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनमार्फत ठेक्का प्रक्रिया अगाडि बढ्ने नगर प्रमुख न्यौपानेले बताए । बहुवर्षे योजनाअन्तर्गत यस वर्ष रु १० करोडको स्रोत सुनिश्चित भएको उनको भनाइ छ । रुख कटानको काम अब तत्काल अघि बढ्ने र ट्रमा सेन्टर निर्माण अगाडि बढ्ने बताए ।

देवचुलीका लागि बहुप्रतिक्षित योजनाका रूपमा रहेको ट्रमा सेन्टर निर्माणको काम अब थालनी हुने हुँदा यो सम्पूर्ण नगरवासीका लागि खुसीको विषय भएको नगर प्रमुख न्यौपानेले बताए । पूर्वपश्चिम राजमार्गसँगै ट्रमा सेन्टर बन्दा आगामी दिनमा यहाँ बिरामीले सहज रूपमा समयमा उपचार पाउने हुँदा देवचुलीमात्र नभई सबैका लागि यो योजना महत्वपूर्ण रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीद्वारा केबलकार निर्माणमा देखिएका समस्याबारे कांग्रेसका कोशी प्रदेशका १४ जिल्ला सभापतिहरू छलफल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण सम्बन्धमा देखिएका समस्याबारे कांग्रेसका कोशी

बेलायतका राजकुमारले आजै राष्ट्रपतिलाई भेट्ने, पोखरासम्म जाने

काठमाडौं । बेलायतका राजकुमार आज नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा

पाल्पामा ५२ करोड ७६ लाख भन्दाबढीको सुन्तला बिक्री

पाल्पा । यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ

दूधकोशी–चुहार– फलामढुङ्गा –घोडेटार सडक कालोपत्र सुरु

भोजपुर । जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप