डोटीमा यसवर्ष आठ करोडको सुन्तला उत्पादन



 

डोटी । डोटी जिल्लामा एक वर्षको अवधिमा आठ करोडको सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादित अधिकांश सुन्तला अन्य जिल्ला निर्यात गरिएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा तीन हजार चार सय आठ दशमलव ६२ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सुन्तला बिक्री गरेर कृषकले आठ करोड आम्दानी गरेका केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए । यस वर्ष दुई सय ६२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो । आव २०७८/७९ मा सुन्तला उत्पादन दुई हजार नौ सय ३२ मेट्रिक टन रहेको थियो भने आव २०७९/८० मा उत्पादन बढेर तीन हजार दुई सय ४० मेट्रिक टन पुगेको अवस्थीले बताए ।

जेरायल गाउँपालिका–५ र ६, बोगटान गाउँपालिका–१, २, ७ र बडीकेदार गाउँपालिका–१ पातल मुडा रजेडा, वडा नं २ को छेडा, कोटक्यान्या, वडा नं ४ को खेताली टिमुट्ट, रनुकाँडा, पुन्तडा र वडा नम्बरको ५ को लानाका बस्तीमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको केन्द्रले जनाएको छ ।

डोटीमा उत्पादित अधिकांश सुन्तला अत्तरिया, धनगढी, महेन्द्रनगर, नेपालगञ्जका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका किसान बताउँछन् ।

जिल्लामा सुन्तला उत्पादनलाई बढाउन र किसानलाई प्रोत्साहन गर्न केन्द्रले सुन्तला टिप्न सिडी, क्रेट, कैँची लगायतका आवश्यक विभिन्न सामग्रीहरू सहयोग गर्दै आइरहेको छ । आगामी दिनमा कृषि उपजलाई ‘ब्रान्डिङ’ गरी बाहिर निर्यात गर्न आवश्यकता अनुसारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको केन्द्रका प्रमुख अवस्थीले उल्लेख गरे ।

सुन्तला उत्पादनको हिसाबले डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिका बढी प्रख्यात मानिन्छन् । जिल्लाका अन्य स्थानीय तहहरूमा पनि उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । डोटीमा सुन्तला उत्पादन गर्ने किसानहरूले सामान्य रूपमा एक जनाले रु ४० हजारदेखि १५ लाखसम्मको सुन्तला बिक्री गर्दै आइरहेका छन् ।

केन्द्रका प्रमुख अवस्थीका अनुसार पछिल्लो समयमा कृषि उपज सङ्कलनका लागि व्यापारीहरू किसानको घरदैलोमा आउने गरेकाले उत्पादित सुन्तलासहित अन्य कृषि उपजका लागि बजारीकरणको समस्या छैन । सुदूरपश्चिमका मुख्य सहरहरूमा सुन्तलाको बजार मूल्य प्रतिकिलो रु एक सय मा बिक्री हुने गरेको छ भने किसानहरूले तुलनात्मक रूपमा प्रतिकिलो रु ५० देखि ६१ का दरले बारीमा बिक्री गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाडीको ठक्करबाट उदयपुरमा सडक छेउमा उभिएका दिदीबहिनीको मृत्यु

उदयपुर । उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा जिपको ठक्करबाट

मुस्लिमहरूको एक महिने रमदान व्रतको परिचय र धार्मिक महत्व

आइजज अहमद खान, क्यानडा हरेक वर्ष, जब पवित्र रमजान महिनाको आगमन नजिकिन्छ, संसारभरिका

भोजपुरको पाँचधारेमा स्तूपा निर्माण

भोजपुर। भोजपुरको टेम्केमैयुङ–९ पाँचधारेमा स्तूपा निर्माण गरिएको छ । पर्यटकीय क्षेत्रको विकास तथा

रङ्गहरुको पर्व होली सुरु, बसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं । रङ्गहरुको पर्व होली सुरु भएको छ । शुक्रबार काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी