सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोग विहीन



पाल्हीनन्दन (नवलपरासी)। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्विनी प्रदेश सरकारले २७ लाख रूपियाँमा निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ ।

हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष भयो सञ्चालनमा नआउँदा हाटबजार प्रयोग विहिन भएको सरावल–३ स्थानीय लेखनाथ रायले बताए । उनका अनुसार निर्माणाधिन हाटबजारमा बजार लगाउने ठेकेदारले जग्गाधनीलाई वार्षिक २५ हजार रुपैया भाडा दिने शर्तमा लुम्विनी प्रदेश सरकारले दश कठ्ठा जग्गामा हाटबजार निर्माण गरेको हो ।

निर्माणाधिन जग्गा लेखनाथ रायको नाउँमा दर्ता छ । सोही वडामा डेढ बिघा सार्वजनिक जग्गा रहेपनि पूर्वउपाध्यक्षले सरकारी बजेट सार्वजनिक जग्गामा नबनाएर आफनो व्यक्तिगत जग्गामा निर्माण गरेपछि निर्माणाधिन हाटबजार एकान्तमा रहेकोले व्यपारीले त्यहाँ बजार लगाउन मानेका छैनन् आफूले निर्माणाधिन हाटबजार लगाउन भनेपनि व्यपारीले भने त्यहाँ बजार नलगाउने सरावल–३ का वडाध्यक्ष फिरङ्गी चौधरीले बताए।

उनका अनुसार सरकारको रकम सार्वजनिक जग्गामा लगानी गर्नुपर्नेमा राननितिक पदमा रहेकोले आफू यो पदबाट गएपनि पछि आम्दनीको स्रोत हुने गरी आफनो व्यक्तिगत जग्गामा हाटबजार बनाउनुभएको हो ।

पूर्वउपाध्यक्षको नम्बरी जग्गामा आफूले बजार लगाउने पहल गरे पनि ब्यपारी त्यहाँ बजार लगाउन मानेका छैनन् सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वविद्यालय सिनेट बैठकद्वारा मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

जनकपुरधाम । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

काठमाडौँ । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको

वन्यजन्तु-मानव द्वन्द्वः चितवनमा ६ महिनामा दश जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ

इलामका चार सय ५६ परिवार बेसारखेतीमा रमाउँदै

इलाम । इलामको रोङ गाउँपालिका-४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय