तनहुँको व्यास नगरपालिकाले सामुदायिक विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने



तनहुँ । गण्डकी प्रदेश सरकारले स्थानीय भाषा संरक्षण गर्न कामकाजका भाषामा समावेश गर्ने नीति लिएको छ । यसका लागि तनहुँको व्यास नगरपालिकाले सामुदायिक विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने उद्देश्यले प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालेको छ ।

प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने नीति लिएसँगै नगरपालिकाले मगर भाषाको संरक्षणको निम्ति प्रशिक्षक उत्पादनमा जुटेको हो ।

नगरपालिकाले मगर विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा अतिरिक्त कक्षाको रूपमा मगर भाषामा पठनपाठन गर्ने तयारी गरेको छ । मगर भाषाको पाठ्यक्रम कार्यान्वयनमा ल्याउन नगरपालिकाको सहयोगमा शिक्षकलाई प्रशिक्षण दिइरहेको छ ।

नेपाल मगर संघ व्यास नगर समितिको आयोजनामा र व्यास नगरपालिकाको सहयोगमा शनिबारदेखि पाँच दिने मातृभाषा प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण सञ्चालन गरेको छ । तालिम लिएपछि मातृभाषा शिक्षकले विद्यालयमा मगर भाषाको पाठ्यक्रम अनुसारको पठनपाठन गराउने छन् । पठनपाठनमा सहज बनाउन मगर भाषामा कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले विभिन्न समुदायको पहिचानसँग जोडिएका भाषा, साहित्य, कला, संस्कार र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । नगरवासीको भाषा, कला, संस्कार, संस्कृति, साहित्य, पर्यटन तथा पुरातात्विक क्षेत्रको संरक्षण गर्ने उद्देश्य प्रज्ञा प्रतिष्ठान गठनको बताउँदै उनले मगर भाषाको संरक्षण तथा प्रवद्र्धन प्रशिक्षण दिइएको बताए ।

उनले भन, “मातृभाषाको पठनपाठनका लागि उत्कृष्ट प्रशिक्षक उत्पादन गर्न नगरपालिकाले रु दुई लाख विनियोजन गरेको छ, सोहीअनुरुप नै अहिले तालिम सञ्चालन पनि भइरहेको छ, प्रशिक्षक तयार भएपछि नगरपालिकाभित्रका मगर समुदायको बाहुल्यता रहेका विद्यालयमा कक्षा सञ्चालन गर्ने तयारी गर्छौं ।”

भाषाको संरक्षणका साथै सिकाइ प्रभावकारी बनाउन मातृभाषा कक्षाले सहयोग पुग्ने उनको भनाइ छ । गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रूपमा मगर र गुरुङ भाषालाई प्रयोगमा ल्याउन नीति लिएसँगै यस्ता तालिमले मद्दत पुग्ने नगर प्रमुख न्यौपानेको विश्वास छ ।

भाषालाई पुस्तान्तरणका लागि सहयोग पुर्याउने उद्देश्यले प्रशिक्षकलाई तालिम प्रदान गरिएको नेपाल मगर संघ व्यास नगर समितिका अध्यक्ष रिमा आलेमगरले बताइन् । समितिका अनुसार यमबहादुर आले, इन्द्रबहादुर आले, नन्दु थापा, अमर थापा, यमलाल थापा, तिलबहादुर थापा, अनुराग थापा मगरले मगर भाषा पाठ्यक्रमको प्रशिक्षण दिइरहेका छन् । सामुदायिक विद्यालयका मगर शिक्षकलाई मगर भाषा अक्खलिपी प्रशिक्षक प्रशिक्षण दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाभारत जङ्गलको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला

काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो आजदेखि नियन्त्रणमा

दुई करोड बराबरको सट्टेबाजी गराएको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई

‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’को प्रतिवेदन तयार गर्न निर्देशन

काठमाडौँ । राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ को

‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका