मुख्यमन्त्री पाण्डेद्वारा बालविवाह मुक्त गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर



गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई बालविवाह मुक्त गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गरेका छन्। बालविवाह मुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि तथा बालबालिकामाझ उनले प्रतिज्ञापत्रमा हस्ताक्षर गरेका हुन्।

त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले कानुनले बालविवाहलाई अपराध भनेर परिभाषित गरे पनि प्रदेशका कतिपय ठाउँमा अझैसम्म बालविवाह हुँदै आएको बताए। प्रदेश सरकारले बालविवाह मुक्त गर्ने खालका नीति तथा कार्यक्रमहरू तय गरे पनि कानुनी रुप दिन बाँकी रहेको उनको भनाइ थियो।

उनले बालविवाह कानुनी रुपमा अपराध भएको र यसको अन्त्य जरुरी रहेको बताए। कतिपय स्थानीय तहले ऐन बनाएर काम गर्दै रहेको बताउँदै उनले प्रदेश सरकारले पनि चाँडै नै कडा कानुन ल्याउने जानकारी दिए।।

गण्डकी प्रदेशमा अहिले बालविवाहको सङ्ख्या ११.९ प्रतिशत छ। समारोहमा सामाजिक अभियन्ताहरू बालकृष्ण पाण्डे, डा गंगाधर अधिकारी, गण्डकी प्रदेश सरकारका सचिवहरू, विद्यार्थी, बालविवाह प्रभावित बालबालिका, पत्रकार, सरोकारवाला निकाय तथा बेस नेपालका प्रतिनिधिलगायतको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

दमौली । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन