पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार



पर्वत । पर्वतको मोदी गाउँपालिका-४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो ।

कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो । गत जेठदेखि सबै घुरधुरीमा सहज रूपमा खानेपानी पुगेको समाजसेवी नरसिंह पुनले जानकारी दिए ।

पुनका अनुसार दुई सय ११ घर, एक विद्यालय र चार वटा सामुदायिक भवनमा धारा विस्तार गरिएको छ । यो योजनाबाट लेसपारका झण्डै एक हजार बासिन्दा लाभान्वित भएको उनले बताए । उक्त खानेपानी आयोजनाको यही माघ १५ गते उद्घाटनको कार्यक्रम रहेको आयोजना प्रमुख पुनले जानकारी दिए ।

खानेपानी योजना रु. एक करोड ३६ लाख ५८ हजार पाँच सय ६० को लागतमा सम्पन्न भएको हो । जसमध्ये रु. १९ लाख ७१ हजार नौ सय बराबरको स्थानीयले जनश्रमदान गरेका छन् भने संस्थामार्फत रु. एक करोड १६ लाख ८६ हजार छ सय ६० खर्चिएको आयोजना प्रमुख बुद्ध पुनले जानकारी दिए ।

आयोजना प्रमुख पुनका अनुसार खानेपानी विस्तारका लागि दुई वटा इन्टेक टंकी, दुईवटा फिल्टर टंकी, एक वितरण चेम्बर, पाँच वटा रिजर्भ टंकी निर्माण गरिएको छ । बस्तीभन्दा माथि रहेको जंगलका लाटा खर्क र सिस्नेरा गरी दुई वटा मुहानबाट पानी ल्याइएको छ । कूल छ हजार सात सय ६२ मिटर पाइपलाइनमार्फत पानी वितरण गरिएको पुनले जानकारी दिए ।

घरघरमै खानेपानी सुविधा उपलब्ध भएपछि पानीका लागि खोला, कुवा र खोल्सामा धाउनुपर्ने स्थानीयको बाध्यता हटेको लेसपार एक घर एक धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुुर पुनले बताए । स्थानीयले खानेपानी उपभोगका लागि मात्र नभएर व्यावसायिक तरकारी खेतीमा प्रयोग गर्दै आएका छन् । वर्षौँदेखि खानेपानीको जोहो गर्न सास्ती खेप्दै आएका स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको उनले बताए ।

मगर समुदायको मात्र बसोबास रहेको लेसपार पछिल्लो समय पर्यटकीय गाउँको रूपमा विकास हुँदै गएको छ । ढुंगैढुंगाले छाएका घरहरू, मगर समुदायको कला र संस्कृति तथा घरवासमा बस्नका लागि यहाँ विभिन्न क्षेत्रबाट पर्यटकहरू आउने गर्दछन् ।

अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक मार्गका रूपमा विकास भएको नयाँ पुल-देउपुर-लप्सीवोट-देउराली-लेसपार हुँदै पर्यटक पर्वतको जलजलादेखि म्याग्दीको नागी, पुन हिललगायतका ठाउँमा जानका लागि यो मार्ग प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

ढोरपाटन (बागलुङ) । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ ।

खाँदबारी–किमाथाङ्का सडकखण्ड र अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थल

सङ्खुवासभाको मकालु गाउँपालिकाबाट देखिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्ड र

बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायद्वारा