मौलिक पोसाक भाडामा लगाएर आम्दानी



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् ।

अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरुले मगर, क्षेत्री, थकाली, ब्रह्माणलगायत जातजातीको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन् । पर्यटकलाई जातजातीको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी गर्न थालेका हुन् ।

स्थानीय रामकृष्ण पुनले एक जोडा पोसाक एक घण्टा प्रयोग गरेबापत  दुई सयदेखि तीन सय ५० सम्म लिने गरेको बताए । “मसँग १५ जोर मगर ड्रेस छन्,” उनले भने,“दिनमा १० देखि १५ जनाले भाडामा लैजानु हुन्छ ।” रेष्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्बिर पनि खिचिदिने गरेका छन् । एउटा तस्बिर खिचेबापत २० रुपैयाँ लिने गरेको थापाले बताए ।

रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेष्टुरेन्ट तथा पसलहरुले पनि जातीय पोसाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोसाक पर्यटकको रोजाइमा पर्ने गरेको छ । बागलुङबाट रत्नेचौर आएकी स्मृति रानाले मौलिक पोसाकमा सजिएर खिचेको तस्बिर र बनाएको भिडियो स्मरणयोग्य भएको बताइन् ।

केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।

कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खान आउनको यहाँ भीड लाग्ने गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

यहाँ दैनिक तीन सयदेखि पाँच सयजना आउने गरेका स्थानीय कुशल शर्माले बताए । उत्तरतिर सेता हिमशृङ्खला ।

पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन् । रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीनसय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षणको केन्द्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम

सिरहा। जिल्लास्थित डिभिजन वन कार्यालयले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम दिन

बार एसोसिएसनले भन्यो-त्रिपाठीमाथि आक्रमण गर्नेलाई अबिलम्ब कानूनी दायरामा ल्याइयोस्

काठमाडौं । नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

जाडोमा जेष्ठ नागरिकलाई कसरी जोगाउने ?

–डा.लछी सिंह हिजोआज नेपालमा दिनप्रतिदिन जाडोको तामक्रम बढ्दै गइरहेको छ । हाम्रो देशमा