जलवायु परिवर्तनको असरः पुसमै पाक्यो ‘चैते काफल’



तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा चैतमा पाक्ने काफल पुस महिनामै पाकेको छ । तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखाका अधिकारीले यसलाई जलवायु परिवर्तनको असर भनेका छन् ।

स्थानीय प्रवीर पुनले राष्ट्रिय समाचार समिति (रासस)सँग भनेका छन्, ‘गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन ।’

केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा आफूहरू अचम्मित भएको उनको भनाइ छ ।

यस वर्ष पुसमै काफल चाख्न पाएको पुनले जानकारी दिए । उनका अनुसार पुसको तेस्रो हप्तादेखि नै काफल पाक्न थालेको हो ।

तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको बताएका छन् । उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उनको भनाइ छ । ‘यस वर्ष १० डिग्रीभन्दा कम तापक्रम नै भएन’, उनले रासससँग भनेका छन्, ‘यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।’

बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाघ र निलो

जाडोमा जेष्ठ नागरिकलाई कसरी जोगाउने ?

–डा.लछी सिंह हिजोआज नेपालमा दिनप्रतिदिन जाडोको तामक्रम बढ्दै गइरहेको छ । हाम्रो देशमा

कञ्चनपुरमा बीमाको रकम खान भारतीय युवकसँग मिलेर श्रीमतीद्वारा श्रीमानको हत्या

महेन्द्रनगर । कञ्चनपुरमा एक महिलाले भारतीयसँग मिलेर आफ्नै पतिको हत्या गरेको खुलेको छ

४७ हजारको मृत्युपछि भएको युद्धविरामले ल्याएको खुसी

बीबीसी । लामो प्रयासपछि इजरायल र हमासबीच युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति