दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’



खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय किसानलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सृजना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो ।

नगरपालिकाले सुरु गरेको निकै महत्वकाङ्क्षी योजना सफल बनाउन यस वर्ष वडा नम्बर ६ नेर्पामा १२ लाख तथा वडा नम्बर १४ बुइपामा पाँच लाख कफीका बिरुवा उत्पादन गरिएको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँमा स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किइरहेका छन् ।

बेलायतस्थित टेराम्रिदा कम्पनीले निःशुल्क उपलब्ध गराएको कफीका बीउ पाँच महिनाअघि छरेको बीउबाट अहिले बिरुवा बनिसकेका छन् । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा करिब एक सय जना कामदार खटिएका छन् ।

अहिले हुर्कँदै गरेका बिरुवा अबको वर्ष दिनपछि किसानलाई विरतण गरिने नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए । उत्पादित कफीको बिरुवामा किसानको पनि अपनत्व हुनेगरी थोरै शुल्कमा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । बेलायती कम्पनीले निःशुल्क बीउ उपलब्ध गराए पनि नर्सरी भने नगरपालिकाको लगानीमा स्थापना गरिएको जनाइएको छ । जग्गा, पाइप, बालुवा, पोलिब्याग, ग्रिननेट, श्रमिकलगायत व्यवस्थापन गरेर अहिलेसम्म २० लाख रुपैयाँ खर्च भइसकेको छ ।

नर्सरीमा उमारिएका कफीका बेर्ना १५ देखि १८ महिना पुगेपछि किसानलाई बाँड्ने तयारी गरिएको कृषि शाखा प्रमुख जैसीले जानकारी दिए । ‘किसानका २५ जनाको समूह बनाएर कफीको बिरुवा वितरण गर्ने योजना छ । नर्सरीमा उत्पादित कफीका बिरुवा व्यक्तिगत रूपमा चाहिने किसानलाई पनि उपलब्ध गराइन्छ’, उनले भने, ‘गत वर्ष नगरपालिकाले ४२ हजार चार सय २० वटा बिरुवा खरिद गरेर किसानलाई बाँडेको थियो । त्यसमा नौ लाख १२ हजार ३० रुपैयाँ लागेको थियो । त्यसले किसानमा कफीप्रति आकर्षण बढाएको छ ।’

कफी प्रवर्द्धन कार्यक्रमका लागि यस वर्ष कोशी प्रदेश सरकारबाट १५ लाख बजेट प्राप्त भएको नगरपालिकाले जनाएको छ । प्रदेश सरकारबाट प्राप्त रकमले कफीका बिरुवा खरिद गरेर किसानलाई निःशुल्क प्रदान गर्न तयारी गरिएको जनाइएको छ ।

आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर नर्सरी नै स्थापना गरिएको नगरपालिकाले जनाएको छ । खरिद गरिएको बिरुवाभन्दा आफैँले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि नर्सरी स्थापना गरिएको जनाइएको छ ।

कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष १२ अर्ब रकम भित्रिने आँकलन गरिएको उपप्रमुख विशन राईले बताए ।

समुद्री सतहबाट आठ सयदेखि एक हजार छ सय मिटरको उचाइमा कफीखेती उपयुक्त मानिन्छ । यसअनुसार दिक्तेलको सोल्मा, नेर्पा, दोर्पा चिउरीडाँडा र निर्मलीडाँडामा कफीखेतीको राम्रो सम्भावना देखिएको छ ।

नगरपालिकाले गरेको अध्ययनअनुसार, नगरपालिका क्षेत्रभित्र कफीको एक करोड २० लाख बिरुवा लगाउन सकिने क्षेत्र छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा केही वर्षअघिदेखि कफीखेती हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अण्डाको मूल्य बढ्यो

चितवन । सोमबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स

बागलुङको बडिगाडमा जिप दुर्घट, दुईजनाको मृत्यु, पाँच घाइते

  ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत ।  पर्वतको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन