ललितपुरका ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना



ललितपुर ।  ललितपुरका प्राचीन धरोहर लिच्छविकालीन ढुंगेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनर्निर्माण सुरु गरेको छ ।

राजकुलो विस्तारका लागि महानगरले  २२ करोड बजेट छुट्याएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म  ६ करोडको लागतमा ३.४४ किलोमिटर कुलो खनिएको जानकारी दिए । ०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उनले बताए।

लगनखेलको सप्ताताल पोखरी पुनर्निर्माण गरी राजकुलोको पानी त्यहाँ जम्मा गरिने र त्यहाँबाट आसपासका ढुंगेधारामा पानी झार्ने महानगरको योजना रहेकाे उनले बताए । महानगर प्रमुख महर्जनका अनुसार ललितपुरमा हालसम्म ५० भन्दा बढी ढुंगेधारा छन् ।

आल्को हिटी, कोन्टी हिटी, च्यासः हिटी, टंग हिटी, पुच्व हिटी, जावलाखेल हिटी, लगनखेल हिटी, गइटल हिटी र मंगल हिटी सातौँ शताब्दीमा निर्माण भएका हुन् । मंगल हिटीमा बाह्रैमास पानी आउने गरेको छ । ललितपुर महानगरपालिका–६ सुन्धाराका सन्तमान महर्जन ढुंगेधारामा बाह्रै महिना पानी ल्याउने योजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छन्।

ललितपुर महानगरपालिका– ६ र वडा नं. १७ मा पर्ने सुन्धारा टोलमा अवस्थित लिच्छविकालदेखिको ऐतिहासिक सुन्धारा (लँ हिति) अहिले सुकेको छ । तीनवटा धारा रहेको सुन्धारामा सात महिना मात्रै पानी आउने स्थानीय राज श्रेष्ठ बताउँछन्।

ललितपुरको सम्पदा र पहिचान जोगाउन ‘ऐतिहासिक ढुंगेधारा संरक्षण गर्नु सबैको दायित्व’ निर्वाह गर्नुपर्ने ठानेर ०६५ सालमा ललितपुर महानगरपालिका र स्थानीय जनसमुदायले लँ हिटी पुनर्निर्माण गरेका थिए । पुनर्निर्माणपश्चात् बाह्रैमास धारामा पानी झरे पनि केही वर्षयता पानी आउन छाडेको छ ।

ललितपुरका स्थानीय राजकुलो भत्काएर विभिन्न संरचना निर्माण गरिँदा ऐतिहासिक ढुंगेधारा सुक्ने अवस्थामा पुगेको बताउँछन् । ललितपुर महानगरपालिका– ६ का स्थानीय रमेश श्रेष्ठ घर तथा सडक निर्माण गर्दा राजकुलो जोगाउनुपर्ने बताउँछन् । लिच्छविकालदेखिको इतिहास बोकेका ढुंगेधारा संरक्षण गर्नु ललितपुर महानगरसहित जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो…

ढोरपाटन । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा आज माघेसङ्क्रान्ति मेला तथा जैमिनी कप चलिरहेको

काठमाडौंमा दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर राखेर आगलागीका समयमा पानी प्राप्त गर्ने प्रणाली जडान

काठमाडौँ । आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा काठमाडौँ महानगरपालिकाले

नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति

  त्रिशूली  । माघेसङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु जुधाई

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा