हाडेभिर र खारा जोड्ने झोलुङ्गे पुल निर्माण



म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिको सिमाना भएर बग्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएको छ ।

धवलागिरि– ७ हाडेभिर र मालिका– ७ खारा जोड्ने म्याग्दी नदीमाथि एक सय एक मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । ५७ लाख ८६ हजार चार सय ८८ रुपैयाँको लागतमा पुल निर्माण भएको धवलागिरि– ७ का वडासदस्य रामबहादुर खत्रीले बताए ।

पुल निर्माण भएपछि दुई घण्टाको घुराउरो बाटो १५ मिनेटमा छोटिएको छ । पुलबाट धारापानी, खारा, बिम, इल्पुका एक सय ७४ घरका एक हजार दुई सय ३३ जनसङ्ख्या लाभान्वित भएका छन् ।

पुल निर्माणको कुल लागतमा ८५ प्रतिशत क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमको, १३ प्रतिशत धवलागिरि गाउँपालिका र दुई प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउन अदालतको आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा

बाघको आक्रमणबाट बर्दियाको बकुवा सामुदायिक वनमा गोठालो गएकी महिलाको मृत्यु

गुलरिया  । बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया

२१ किलो चरेससहित मकवानपुरबाट तीनजना पक्राउ

मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको

गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखानाथ