पोखराका तालमा ५३ प्रजातिका जलपक्षी



गण्डकी। पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत नौ वटा तालमा गरिएको जलपक्षी गणनामा ५३ प्रजातिका जलपक्षी फेला परेका छन् ।

टाइगर माउण्टेन पोखरा लज र पोखरा पक्षी समाजको अगुवाइमा ४३ स्वयंसेवक गणकबाट यही पुस २२ र २३ गते जलपक्षी गणना गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।

सिमसार क्षेत्रमा रैथाने र आगन्तुक चराको विवरण सङ्ख्याको अद्यावधिक, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाइ सचेतना अभिवृद्धि गर्न सन् २००४ बाट पोखरा उपत्यकामा जलपक्षी गणना गरिँदै आइएको छ ।

उनका अनुसार पोखरा उपत्यकाभित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा जलपक्षी गणना गरिएको थियो । गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका दुई हजार १२ जलपक्षी फेला परेका छन् ।

त्यस्तै बेगनास तालमा १४ प्रजातिका एक सय ५८, रुपा तालमा २६ प्रजातिका तीन सय ६४, गुँदे तालमा १३ प्रजातिका तीन सय एक, खास्टे र न्युरेनी तालमा १६ प्रजातिका एक सय ८९, दिपाङमा १३ प्रजातिका दुई सय १७, मैदीमा १० प्रजातिका एक सय २१, कमल पोखरीमा पाँच प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ जलपक्षी भेटिएका छन् ।

गणनाका क्रममा फेवा र दिपाङग तालमा चराको सङ्ख्या केही वृद्धि भएको, रुपा र मैदीमा बराबर तथा अन्यमा घटेको छ ।

सन् १९८७ देखि नेपालमा नियमित रूपमा हुँदै आएको एशियाली जलपक्षी गणनाले देशको जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चरा विज्ञ झलक चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता

काठमाडौं । कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औं परराष्ट्र सचिवका रूपमा बुधबार

सोलुखुम्बुमा आगलागीमा परी एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका- २ थुम्लिङमा गएराति भएको आगलागीमा परी एकको मृत्यु भएको छ ।

लेखा समिति सभापतिका स्वकीय सचिव विराटनगरबाट पक्राउ

विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष पाँच