वालिङमा व्यावसायिक केराखेतीबाट वार्षिक चार लाख मुनाफा



स्याङ्जा । एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका-१ धरम पानीका कृष्णप्रसाद ढुंगानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गएका हुन् ।

सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उनले बताए । “मेरा बारीका केरा स्थानीय व्यापारीले बगैँचाबाट नै खरिद गर्छन्”, उनले भने । स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन ।

तीन वर्षअघि किसान ढुंगानाले व्यावसायिक रूपमा केराखेती थालेका हुन् । व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्म्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनले केराखेती प्रारम्भ गरेका हुन् । उनको बगैँचामा स्थानीय र हाइब्रिड केरा फलेका छन् ।

उद्यमी ढुंगानाले २० रोपनीमा केराखेती गर्दै आएका छन् । बगैँचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाएका छन् । उनले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लाभग्राहीको यकिन विवरण नहुँदा काभ्रेका बाढी पीडितले पाएनन् राहत

काभ्रे । ठीक पाँच महिनाअघिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति पुर्‍यायो। बाढीपहिरोमा परी

सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगंज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक संसदमा प्रस्तुत

काठमाडौँ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वटा विधेयक

‘तपाईलाई किन पदबाट नहटाउने’ भन्दै कुलमानलाई उर्जा मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ऊर्जामन्त्री दीपपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि