बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला



नेपालगंज ।  बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिए ।

निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश नदिइने उनले बताए । उक्त सवारीमा बढीमा १० जनाले जङ्गल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि दुई हजार पाँच सय शुल्क बुझाउनुपर्ने हुन्छ ।

सूचना अधिकारी पङ्गेनीले निकुञ्जमा घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट सफारी गर्नका लागि टिकटको व्यवस्था समेत मिलाइएको बताए । सफारीमार्फत निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित त्यसका आहारा प्रजातिका चित्तल, चौका, बँदेललागायतका वन्यजन्तु अवलोकन गर्नसक्ने छन् ।

वन्यजन्तु अवलोकनका लागि विभिन्न स्थानमा मचान, घाँसेमैदान, कृत्रिम पोखरी, वनपथ जस्ता पूर्वाधारसमेत निर्माण गरिएको उनको भनाइ छ । उनले बाघको बासस्थान पत्ता लगाउन क्यामरामार्फत सर्वेक्षण भइरहेको जानकारी दिए । उक्त सर्वेक्षणले बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुनेछ ।

विसं २०६७ मा बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्गकिलोमिटर क्षेत्र समेटेर नेपालको सबैभन्दा कान्छो निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा

म्याग्दी । करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी

धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान

दाङ । धान झुल्ने खेतमा यतिवेला लटरम्म कागती दाना पहेँलै भएका छन् ।

सङ्खुवासभामा ३४ करोड भन्दाबढीको सुन्तला कारोबार

सङ्‍खुवासभा । सङ्‍खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ

माझीदाइका गुनासाः दिनभरि काम गर्‍यो, फर्कदा रित्तै!

मन्थली (रामेछाप) । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा