तनहुँमा धान उत्पादन वृद्धि



 

दमौली ।  तनहुँमा धान उत्पादन बढेको छ । गत कात्तिकमा परेको बेमौसमी पानीका कारण धानबालीमा क्षति भएपनि समग्र रुपमा जिल्लामा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी किरण परियारले आर्थिक वर्ष २०८१/८२ मा ३३ हजार दुई सय ९२ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष चार हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि भएको परियारको भनाइ छ । चालु आर्थिक वर्षमा आठ हजार एक सय २० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

गत आर्थिक वर्ष २०८०÷८१ मा सात हजार छ सय ६७ हेक्टर क्षेफलमा धान खेती गरिएकामा २९ हजार दुई सय ३७ मेट्रिक टन धान उत्पादन भएको थियो । परियारले भने, “गत कात्तिकमा वर्षाका कारण तनहुँका नौ वटा पालिकाका ४४ दशमलब ६२ हेक्टर क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको थियो । तर समग्रमा जिल्लामा धान उत्पादन वृद्धि भएको छ ।”

तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर, लगायतका धान खेती हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्रहरु धान खेतीका लागि प्रख्यात मानिन्छन् ।

जिल्लामा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । तर ५१ हजार ५ सय १० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ । छ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रैमहिना सिचाइँको सुविधा पुगेको छ भने सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफलमा मौसमी सिचाइँको सुविधा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

भ्यानको ठक्करबाट नेपालगञ्जमा एक बालकको मृत्यु

  नेपालगञ्ज । नेपालगञ्जमा भ्यानको ठक्करबाट मगलबार एक जना बालकको मृत्यु भएको छ

ललितपुरको इमाडोलस्थित रङ पसलमा आगलागी

ढाका ।  बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको

तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

चितवन । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल