धरानमा फस्टाउँदै सिद्रा व्यापार



धरान ।मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्छिन् । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उनको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उनी बताउँछिन् ।

‘सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ,’ उनले भनिन् । शाहीले सिद्रा व्यापार गर्न थालेको २० वर्ष भयो ।

सिद्रा व्यापारबाटै जीविकोपार्जन गर्दै आएको उनले बताइन् । सिद्राप्रति किलो रु छ सयदेखि रु एक हजार दुई सयसम्ममा बिक्री गर्छिन् । उनले भनिन्,’मेहनतअनुसार कमाइ पनि राम्रै छ, सन्तुष्ट छु । महिनामा सबै खर्च कटाएर रु ४० हजारसम्म बचत हुन्छ ।’

धरानको भानुचोकबाट पूर्वतर्फ माछाभौडी गल्लीमा लस्करै सिद्रा व्यापारी छन् । सिद्राको पारखीहरु टाढाटाढा बाट यहाँ सिद्रा किन्न आउँछन् । शाहीले झै विगत ३३ वर्षदेखि सिद्राको व्यापार गर्दै आएका धरान उपमहानगरपालिका- ३ का प्रेम श्रेष्ठ पनि जाडो यामसँगै बर्सेनि सिद्रा व्यापार फस्टाउने बताउँछन् । उनका अनुसार कात्तिकको पहिलो सातादेखि फागुनसम्म सिद्राको बढी व्यापार हुन्छ ।

उनले हाल १२ भन्दा बढी प्रकारका सिद्रा बिक्री गर्दै आएका छन् । पटासी, चेला, वामना, जुँगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, झिंगे, बुलवा प्रजातिका सिद्रा बिक्री गर्दै आएको उनले सुनाए ।

धेरैजसो तरकारी र अचार बनाएर खाने सिद्रा बिक्री हुने उनले बताए । यही व्यापारबाट उनले घरखर्च र छोरा छोरीको स्कुल ‘फि’ बुझाउने गरेको बताए ।

उनले भने,’नेपालमा प्रशस्त खोलानाला भए पर्याप्त सिद्रा उत्पादन नहुने भएकाले भारतबाट ल्याएर बेच्नुपर्छ । मैले वर्षमा २० क्वीन्टल बढी सिद्रा बिक्री गर्ने गर्छु ।’ धेरै जसो पहाडी जिल्लाहरुमा सिद्रा खपत हुने गरेको उनको भनाइ छ ।

सिद्रा मौसमअनुसार नेपालमा साउनदेखि असोज महिनासम्म उत्पादन हुने गर्छ । सो अवधिमा उनले नेपालमै खरिद गरेर बिक्री गर्ने गरेको बताए ।

नेपालमा सिद्रा उत्पादन हुने याम सकिएपछि भारतबाट ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ । सिद्रा धरानका होटलहरुमा अचारका लागि खपत हुने गर्छ । आफन्तलाई कोसेलीका रुपमा पनि ग्राहकहरुले सिद्रा खरिद गरेर लैजाने उनले बताए ।

जाडो याममा सिद्राको झोल बनाएर खाने चलन रहेको व्यापारीहरु बताउँछन् । धरानमा शाही र श्रेष्ठ जस्ता सिद्राको व्यापार गर्ने व्यापारीको सङ्ख्या एक दर्जनभन्दा बढी छन् । पछिल्लो समय सिद्रा व्यापार गर्ने अधिकांश महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !

काठमाडौँ । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा

कुटपिटबाट रुपन्देहीमा एक भारतीय नागरिकको मृत्यु

भैरहवा । रुपन्देहीमा कुटपिटबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । शुक्रबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार

के तपाईंको सवारी साधनको अवस्था ठिक छ ? प्रदूषणको मात्रा धेरै भए पर्नुहोला है कारबाहीमा !

काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन जारी