ठमेलमा ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’



काठमाडौं ।  ठमेल इको रिसोर्ट परिसरमा ‘द गोल्डेन थाली’ सुरू भएको छ। पर्यटन तथा सेवा उद्योगमा लामो समयदेखि क्रियाशील राजन सिम्खडा र मकालु एड्भेञ्चरका मोहन लम्सालको अग्रसरता र सेफ नेपाल टिमको परिकल्पनामा नेपाली स्वाद पस्कने उद्देश्यले द गोल्डेन थाली सुरू गरिएको उल्लेख छ।

नेपालको मध्य पहाडी क्षेत्रको खानालाई प्रवर्द्धन तथा प्रचारप्रचार गर्ने गरी थाली तयार गरिएको ठमेल इको रिसोर्टका सञ्चालकद्वय राजन सिम्खडा र मोहन लम्सालले बताए। सिम्खडा नेपाली खानाको आधार नै अचार भएको बताउँछन्।

सिलौटोमा पिनेको चट्नी, गालेको अचार, पकाएको ताजा अचारलगायत स्वाद गोल्डन थालीमा पाइने उनले बताए। ‘थालीका लागि आवश्यक मसला सिलौटोमै पिनेर ठेट नेपाली स्वाद दिने कोसिस गरिएको छ। गोल्डेन थालीमा मासुका परिकारसहित विभिन्न १५ परिकार समावेश गरिएको छ,’ उनले भने,’नेपालमा चल्तीमा रेस्टुरेन्टका समेत थाली सेटमा विकल्प खासै छैनन्। अर्थात् थाली अर्डर गरेपछि जे आउँछ त्यही खानुपर्छ। तर गोल्डेन थालीमा कतिपय परिकारमा विकल्प छन्। मास, मुसुरो, बोडी, सिमी र मिक्स दाल कुन खाने हो छनोट गर्न पाइन्छ।’

ढिँडोमा पनि मकै, गहुँ, कोदो र फापरको विकल्प छ। ग्राहकले भातमा मार्सी, ताइचिन, बासमती र जिरा मसिनोमध्ये रोज्न पाउने गरी मेनु तयार पारिएको छ। यस्तै गोल्डन थालीमा तरकारीका परिकारमा तिउन अर्थात् झोल तरकारी, मौसमअनुसार ग्रेभी र सुक्खा तरकारी मौसमअनुसार साग उपलब्ध गराइन्छ।

एक पटकमा एक सयभन्दा बढीलाई सेवा दिन सक्ने क्षमता रहेको सञ्चालकको भनाइ छ। यहाँ बिहान ११ बजेदेखि राति १० बजेसम्म शान्त वातावरणमा गाउँले परिकारको स्वाद लिन सकिने सिम्खडा बताउँछन्।

द गोल्डेन थालीको शाकाहारी भोजनका लागि पाँच सय ५० रूपैयाँ शुल्क लाग्छ। मासुसहितको थालीका लागि अतिरिक्त शुल्क लाग्नेछ। ‍ठमेल इको रिसोर्ट परिसरमा २० रूपैयाँको चियादेखि महँगा चिया समेत पाइन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विशेष परिस्थितिबाहेक अब हेलिकप्टर प्रयोगमा प्रतिबन्ध, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ मापदण्ड जारी

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको

भन्सारका जाँचपास मेसिन नियोजित ढङ्गले बिगारेर चोरीपैठारी !

  काठमाडौँ । संसदको अर्थसमितिले नेपालगञ्जदेखि वीरगञ्जसम्मका विभिन्न भन्सार कार्यालय तथा छोटी भन्सार

विद्युत महशुल समयमा नबुझाउनेको सिरहामा लाइन काट्न सुरु

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले यहाँका किसानले प्रयोग गरेका कृषि मिटरको विद्युत महशुल

‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’

काठमाडौँ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन